ठुला नेताको निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गर्ने परम्परा तोड्न सांसद देवकोटाको आग्रह

ठुला नेताको निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गर्ने परम्परा तोड्न सांसद देवकोटाको आग्रह

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले ठुला नेताको निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गर्ने परम्परा तोड्नुपर्ने बताएका छन् । 

मंगलवार बसेको राष्ट्रियसभाको बैठकमा सरकारबाट प्रस्तुत आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल गर्दै सांसद देवकोटाले मुलुकको बजेट वितरणको सबैभन्दा ठूलो समस्या प्रधानमन्त्री, मन्त्री र केही ठूला नेताहरुको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा रहेको र त्यसलाई योपटक तोड्न आवश्यक रहेको बताएका हुन् । 

उनले भने, 'नेपालको बजेट वितरणको सबैभन्दा ठूलो समस्या नै यही हो । बजेटको सबैभन्दा ठुलो हिस्सा, प्रधानमन्त्री, मन्त्री र केही ठुला नेताहरुको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा पहलिादेखिकै हो । यो सुध्रिएको छैन, सुधार होस् ।' बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने उनको भनाई छ ।  

Skip This
Skip This
Logo