कसैको दबाबमा नपरी शरणार्थी प्रकरण अघि बढाउन प्रधानमन्त्रीलाई सांसद पौडेलको आग्रह

कसैको दबाबमा नपरी शरणार्थी प्रकरण अघि बढाउन प्रधानमन्त्रीलाई सांसद पौडेलको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नक्कली शरणार्थी प्रकरणमा कसैको दबाबमा नपरी निष्पक्ष रूपमा कारवाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् । 

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद पौडेलले यस प्रकरणले अन्तर्राष्ट्रिय जगतमा नेपाल प्रतिपक्ष भएर गरेको कतिपय नेपालसंग गरेको सन्धि सम्झौताको धज्जी समेत उडेको टिप्पणी गरे । उनले यस प्रकरणमा संलग्न जो सुकैलाई पनि कुनै पनि हालतमा नछोड्न आग्रह समेत गरे । 

उनले भने, ‘नक्कली शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय जगतमा लज्जाको विषय बनेको छ । नेपाल प्रतिपक्ष भएर गरिएको कतिपय सन्धि सम्झौताको धज्जी उडेको छ । नेपाली नागरिकलाई भुटानी बनाएर विदेश पठाउने यस क्रियाकलापमा संलग्न व्यक्तिलाई कुनै पनि हालतमा नछोड्न र कारवाही गरी नेपालको इज्जत बचाउन आग्रह गर्दछु । कुनै दबाबमा नपरी यो घट्नाको निष्पक्ष छानबिन गरी नेपाली जनता र नेपाल राष्ट्र पक्ष भएर गरेको अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा नेपाल निष्पक्ष रूपमा उभिएको कुरा अगाडि बढाउन विशेष अनुरोध गर्दछु ।’ 

Skip This
Skip This
Logo