सकियो राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल

सकियो राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभामा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) बारेको छलफल सकिएको छ ।

गत आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)मा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथि अन्तिम दिन मंगलबारसम्म राष्ट्रिय सभामा छलफल भएको छ ।

छलफलका क्रममा उठेका प्रश्न र जिज्ञासाबारे अर्थमन्त्री डा. महतले जवाफ दिएका छन् ।

छलफलमा व्यक्त विचार र सुझावलाई एकीकृत गरी संघीय संसद सचिवालयमार्फत् अर्थमन्त्रालयमा पठाइने सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सभाको अर्काे बैठक आगामी ३ जेठ बुधबार साँझ बस्नेछ ।

Skip This
Skip This
Logo