मेस्सी कीर्तिमानी मूल्यमा साउदी क्लब अल हिलाल जाँदै !

मेस्सी कीर्तिमानी मूल्यमा साउदी क्लब अल हिलाल जाँदै !

केन्द्रबिन्दु
0
Shares

लियोनल मेस्सीले साउदी क्लब अल–हिलाल क्लबसँग किर्तिमानी मूल्यमा सम्झौता गरिसकेको फ्रान्सका सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

विश्व चर्चित फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार मेस्सीले ५ सय २२ मिलियन पाउन्डमा अल-हिलाल क्लबसँग सम्झौता गरिसकेका छन् । वार्षिक ५२२ मिलियन पाउन्ड अर्थात् ८६ अर्ब रुपैयाँभन्दा बढी रकममा मेस्सी अल–हिलाल जाने भएका हुन् ।

मेस्सीले पाउन लागेको रकम अहिलेसम्म कुनै पनि खेलाडीका लागि सबैभन्दा ठूलो हो । यसअघि पोर्चुगलका सुपरस्टार रोनाल्डोलाई साउदी क्लव अल-नासरले वार्षिक २१ करोड ५० लाख डलरमा किनेको थियो । मेस्सीले पाउन लागेको रकम रोनाल्डोको भन्दा निकै बढी हो । अल नासर र अल हिलाल साउदीका प्रतिस्पर्धी क्लवका रुपमा चिनिन्छन् ।

मेस्सीको साउदी आगमनले फुटबल मैदानमा दुई हस्तिहरुको टकराव प्रतिस्पर्धा फेरि पुनर्जिवित हुने भएको छ । बढ्दो उमेरका बाबजुद दुवै खेलाडी उच्च फर्ममा छन् । पीएसजीसँग मेस्सीको सम्झौता यही समरको ३० जुनसम्म छ । मेस्सीको सम्भावित ट्रान्सफरलाई लिएर पीएसजीले कुनै प्रतिक्रिया दिएको छैन ।

Logo