सभामुख र अध्यक्षसँगको संयुक्त बैठक, अभावै अभाव भएको समिति सभापतिहरुको गुनासो

सभामुख र अध्यक्षसँगको संयुक्त बैठक, अभावै अभाव भएको समिति सभापतिहरुको गुनासो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभाका अध्यक्षले दुवै सदनका समिति सभापतिहरुसँग संयुक्त छलफल गरेका छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले दुवै सदनका सभापतिहरुसँग समितिका काम कारवाही, समस्या, समाधानका उपाय, समन्वय र क्षेत्राधिकार लगायतका विषयमा छलफल गरेका हुन् ।

छलफलमा सभापतिहरुले समितिहरुबीच समन्वयको अभाव भएको, कोरोनाका कारण बैठक सञ्चालनका लागि समस्या भएको बताएका छन् । दुवै सदनका गरी १६ वटा समिति भएका कारण भौतिक दूरी कायम गरी बैठक सञ्चालन गर्न हलको अभाव भएको, उपकरण अभाव भएको, प्राविधिक सामग्रीको अभाव भएको लगायतका समस्या सभापतिहरुले सुनाएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । आवश्यक प्राविधिक उपकरण परिपूर्ति गरी समस्या समाधान गर्न समितिका सभापतिहरुले आग्रह गरेका छन् ।

त्यस्तै कार्यक्षेत्र जोडिएका समितिहरुबीच समन्वय अभावका कारण समस्या उत्पन्न हुने गरेको छ । त्यस्ता समितिहरुका सन्दर्भमा आवश्यक कुन समिति हो त्यसको बारेमा थप छलफल गरी निर्णय गर्ने समझदारी पनि बनेको सभामुख सापकोटाले बताए । कार्यक्षेत्र जोडिएका समितिहरुले अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने विषयमा पनि समझदारी भएको उनको भनाइ छ ।

Skip This
Skip This
Logo