नियमावलीको मस्यौदा बनाउन धितोपत्र बोर्डले गर्‍याे समिति गठन

नियमावलीको मस्यौदा बनाउन धितोपत्र बोर्डले गर्‍याे समिति गठन

केन्द्रबिन्दु
0
Shares

नेपाल धितोपत्र बोर्डले दोस्रो बजार कारोबारमा गैरआवसीय नेपाली भित्र्याउन अध्ययन समिति गठन गरेको छ । 

गत चैत्र १९ गतेको सञ्चालक बोर्डको निर्णयबाट चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने संचालक सुजन कुमार काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार उक्त समितिले तीन महिना भित्र गैरआवसीय नेपालीलाई नेपालको पूँजी बजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी संचालक बोर्डमा पेश गर्नेछ। योसँगै उक्त समितिले बोर्डमा पेश गरिएको नियमावली कार्यान्वयका हुनसक्ने कठिनाई पहिचान गरी सोका लागि आवश्यक कार्यविधिसमेत सिफारिस गर्ने बोर्डले जनाएको छ ।

उक्त समितिमा संचालक बोर्डका विज्ञ सदस्य भोला ढुंगाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डका उपकार्यकारी निर्देशक दीपा दाहाल रहेका छन् ।

Skip This
Skip This
Logo