विद्युत प्राधिकरणको नयाँ बिलिङ प्रणाली आजदेखि सुरु

विद्युत प्राधिकरणको नयाँ बिलिङ प्रणाली आजदेखि सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सोमबारदेखि नेपाल विद्युत प्राधिकरणले नयाँ बिलिङ प्रणाली लागू गरेको छ । विद्युत नियमन आयोगले समायोजन गरेकोे नयाँ महसुलदर अनुसार प्राधिकरणले बिलिङ सिस्टम लागू गरेको हो ।

सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत १० युनिटमात्रै खपत गर्ने ग्राहकलाई पुरै शुल्क छुट तथा १५० युनिट र २५० युनिटसम्मको महसुलमा क्रमशः २५ र १५ प्रतिशत छुट घोषणा गरेको थियो । तर यो नयाँ विद्युत महसुलदर चालु आर्थिक वर्षको सुरुवातसँगै लागू गर्नुपर्ने भएकाले प्राधिकरणले साउन १ गते देखिनै बिलिङ प्रणाली अपग्रेडको काम सुरु गरेको थियो । आइतबार सिस्टम अपग्रेडको काम सकिएकाले सोमबारदेखि भुक्तानी हुने बिलमा नयाँ दर कायम गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पहिले प्रतियुनिट ३ रुपैयाँदेखि अधिकतम १४ रुपैयाँसम्म महसुल लाग्ने गरेकोमा अब भने १० युनिटसम्मको निःशुल्क हुनुका साथै अधिकतम महसुल पनि विभिन्न क्षेत्रमा घटेकाले त्यसै अनुसार बिलिङ सिस्टम समायोजन गरिएको छ ।

नयाँ महसुल दर अनुसार १५० युनिटसम्म मात्रै खपत गर्ने ग्राहकले २५ प्रतिशत छुटसहितको बिल पाउने छन् भने २५० युनिटसम्म खपत गर्नेले १५ प्रतिशत छुट पछिको बिल पाउने छन् । १० युनिटमात्रै खपत गर्ने ग्राहकलाई इनर्जी शुल्क पुरै छुट भए पनि ११ युनिट खपत गरेमा प्रतियुनिट ३ रुपैयाँका दरले ११ युनिटकै मूल्य तिर्नु पर्ने भएको छ । १० युनिटभित्र खपत गर्ने ग्राहकले डिमाण्ड शुल्क ३० रुपैयाँ मात्रै तिरे पुग्नेछ । तर ११ युनिट खपत भएमा भने ११ युनिटकै ३ रुपैयाँका दरले थप ३३ रुपैयाँ महसुल तिर्नुपर्ने हुन्छ । तर १५० युनिटसम्मको खपतमा २५ प्रतिशत छुट पाउने भएकाले उपभोक्ताले ११ युनिटको २५ रुपैयाँ र डिमाण्ड शुल्क ३० रुपैयाँ गरि ५५ रुपैयाँ तिर्नु पर्नेछ ।

त्यस्तै, २५० युनिटसम्म खपत गर्ने ग्राहकले १५१ युनिटदेखि २५० युनिटसम्म प्रति युनिट १० रुपैयाँका दरले थप एक हजारसहित २२ सय ४० रुपैयाँ महसुल तिर्नुपर्छ । जस अनुसार २२ सय ४० रुपैयाँको १५ प्रतिशत छुटपछि १९ सय ४ रुपैयाँ महसुल र १२५ रुपैयाँ डिमाण्ड शुल्क गरि २ हजार २९ रुपैयाँ मात्रै महसुल तिर्नु पर्नेछ ।

Skip This
Skip This
Logo