देउवाद्वारा सचिवमा लक्ष्मी खतिवडासहित महिला विभागमा ३८ जना नियुक्त

देउवाद्वारा सचिवमा लक्ष्मी खतिवडासहित महिला विभागमा ३८ जना नियुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कांग्रेस सभापति शेरबहादुर देउवाले महिला विभागको सचिवमा लक्ष्मी खतिवडालाई नियुक्त गरेका छन् ।

देउवाले खतिवडासहित पार्टीको केन्द्रीय महिला विभागमा ३८ जनालाई नियुक्त गरेका हुन् । जस मध्ये सचिवमा लक्ष्मी खतिवडा र बाँकी ३७ जना सदस्यहरु छन् ।

देउवाले आज कांग्रेसको विधान, ०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरुको मनोनयन गरेका हुन् ।

पार्टीको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा यसको जानकारी दिइएको छ।

Logo