प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नराम्रो काम नगर्ने बताएका छन् ।
वामपन्थी नेता निर्मल लामाको २३औँं स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले राम्रो काम मात्रै गर्ने र नराम्रो कामा गर्दै नगर्ने बताएका हुन् । उनले भने, “सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढङ्गले सुरु गर्ने अठोटका साथ अगाडि बढेका छौँ ।”
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले निर्मल लामासँगका आफ्ना विगतका स्मरणबारे चर्चा गरेका थिए। उनले भने, “उहाँहरुलाई नै हेरेर हामी आन्दोलनमा लागेको हो । लामाजीसँगका थुप्रै प्रसङ्ग बाँकी छन् ।”
उनले अहिले नयाँ परिस्थिति बनेको बताउँदै सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढङ्गले सुरु गर्ने अठोटका साथ अगाडि बढेको स्पष्ट गरे ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका निम्ति इमान्दार क्रान्तिकारी, बुद्धिजीवी, नागरिक समाजलगायत आम श्रमिक जनसमुदायको साथ र सहयोग हुने विश्वास व्यक्त गर्दै त्यसका लागि सबैमा अपिल पनि गरे । उनले भने, “सुशासनका निम्ति हामी गम्भीर भएर जे अठोटका साथ अगाडि बढेका छौँ । लामाजीलाई सम्झिँदै गर्दा उहाँको इमान्दारिता, क्रान्ति निष्ठा, सरलता र पारदर्शी हाम्रा लागि प्रेरणा बन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।”































प्रतिक्रिया