नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले भ्रष्टाचार छानविनको सुरुवात आफैंबाट गर्दा पनि स्वीकार्य भएको बताएका छन् ।
नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका शीर्ष नेता निर्मल लामाको २३औं स्मृति कार्यक्रममा उनले भ्रष्टाचार प्रकरणको कुरा एकदमै गम्भीर भएको भन्दै आफूलाई कम्युनिष्ट समाजवादी भन्नेहरु पनि यस्तो भ्रष्टाचार गर्नु भनेको लाजमर्दो विषय भएको बताएका हुन् ।
उनले भने, ‘समाजवादी कार्यदिशा बनाएर अगाडि बढ्नु पर्छ । भ्रष्टाचार प्रकरणको कुरा एकदमै गम्भीर छ । आफूलाई कम्युनिष्ट समाजवादी भन्नेहरुले यस्तो भ्रष्टाचार गर्ने हुदाँ आफ्नो नागरिकलाई विदेशी बनाएर बेच्ने यो त भ्रष्टाचारको पराकाष्ट भएको छ । तेरो मेरो नभनिकन यो घटनाको जडसम्म जानु पर्छ । मै भएपनि कारवाही गर्नुपर्ने पक्षमा म छु हामी माथि पनि छानविन गरौँ ।’
अध्यक्ष भट्टराईले विश्वपुँजीवादको एउटा किनारामा नेपाल परेको भन्दै विकृति विसंगति, भ्रष्टाचारजन्य गतिविधि, व्यापार घाटा, अर्थतन्त्रको विनाश सबै परनिर्भरताले परिणाम भएको बताए । उनले कम्युनिष्ट आन्दोलनमा लाग्ने मान्छेहरुको भनाई र गराईमा जुन भिन्नता आएको छ त्यसले जनतामा नैराश्यता पैदा गरेको भन्दै प्रतिवद्धता गरे अनुसार काम गर्नुपर्ने बताए ।































प्रतिक्रिया