शीर्ष नेताबीचको भेटमा शरणार्थी प्रकरणबारे कुनै छलफल भएन -रमेश लेखक

शीर्ष नेताबीचको भेटमा शरणार्थी प्रकरणबारे कुनै छलफल भएन -रमेश लेखक

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शीर्ष नेताहरुको भेटमा नक्कली भुटानी शरणार्थी प्रकणमा कुनै छलफल नभएको जिकिर गरेका छन् । 

सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकपछि प्रमुख सचेतक लेखकले बैठकमा संसदभित्रकै विषयवस्तुमा छलफल भएको जिकिर गरेका हुन् । ‘बजेट, नीति तथा कार्यक्रमका् बिषयमा केन्द्रित भएका छौं। बिषयगत समितिका सभापति, टिआरसी विधेयक, सुनुवाई समितिलगायको बिषयमा छलफल भयो ।’ उनले भने । 

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सहभागि थिए । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भने कुनैपनि प्रतिक्रिया दिन चाहेनन् । 

Logo