सुशासन समितिको बैठक बस्दै, कृषकलाई समयमै मल उपलब्ध गराउन छलफल हुने

सुशासन समितिको बैठक बस्दै, कृषकलाई समयमै मल उपलब्ध गराउन छलफल हुने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ।  बैठक  सिंहदरवारस्थित समितिको हलमा ११ः३० मा बस्ने सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार बैठकमा किसानलाई कृषि मल र वीउविजन समयमा नै उपलब्ध गराउने बिषयमा छलफल हुनेछ । त्यस्तै, कृषिजन्य बस्तुहरुको माग र आपूर्तिको सन्तुलन बजार ब्यवस्थापन मूल्य निर्धारण लगायतका समस्या समाधानका बिषयमा पनि बैठकमा छलफल हुनेछ ।

त्यसबाहेक कृषि अनुदान उखु किसानको समस्या, ‘वर्ड फ्लु’ प्रकोपको समयमा नष्ट गरिएका कुखुरा तथा हाँसको क्षतिपूर्ति लगायतका अन्य समस्या समाधानका सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुषाल, मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा लगायत पदाधिकारी सहभागि हुनेछन्। 
 

Logo