बलिउड अभिनेत्री जया बच्चन लामो समयपछि फिल्ममा कमब्याक गर्दै

बलिउड अभिनेत्री जया बच्चन लामो समयपछि फिल्ममा कमब्याक गर्दै

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री जया बच्चन लामो समयपछि फिल्ममा कमब्याक गर्दैछिन् । उनी निर्माता तथा निर्देशक करण जोहरको मेगा बजेटको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ मार्फत कमब्याक गर्न लागेकी हुन्।

फिल्ममा उनी धर्मेन्द्र र शबाना आजमीजस्ता कलाकारसँग स्क्रिन शेयर गर्दैछिन्। यो फिल्ममा दर्शकले आलिया भट्ट र रणवीर सिंहको रोमान्स हेर्न पाउनेछन्।

फिल्ममा जयाले रणवीरकी हजुरआमाको भूमिका निभाउँदैछिन्। फिल्ममा पहिलोपटक जया भिलेन चरित्रमा देखिँदैछन्। यो कुराको खुलासा निर्देशन जोहरले गरेका छन्। जयाको चरित्र क्रुर हुनेछ। फिल्म यसै वर्षको जुलाईमा रिलिज हुनेछ। 

Logo