आईपीएलमा राजस्थानसँग कोलकाता नाइटराइडर्स पराजित

आईपीएलमा राजस्थानसँग कोलकाता नाइटराइडर्स पराजित

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा यशस्वी जयसवालले विष्फोटक ब्याटिङ गरेपछि राजस्थान रोयल्सले सानदार जित हासिल गरेको छ।

बिहीबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले हराएको हो । पहिलो ओभरमै २६ रन बनाएका यशस्वीले १३ बलमै अर्धशतक पूरा गरे। आईपीएलमा यो सबैभन्दा छिटो अर्धशतक बनेको रेकर्ड हो । यसअघि केएल राहुलले १४ ओभरमा अर्धशतक बनाएको रेकर्ड थियो।

राजस्थानले १५० रनको लक्ष्य १३.१ ओभरमै पूरा गर्यो । राजस्थानको जितमा यशस्वी जयसवालले नटआउट ९८ र सन्जु सामसनले ४८ रन बनाए ।जस बट्लर शून्य रनमा आउट भएपछि क्रिजमा आएका सन्जु सामसनले २९ बलमा ३ चौका र ५ छक्काको मद्दतमा नटआउट ४८ रन बनाए ।

कोलकाताका लागि वेंकटेस ऐयरले सर्वाधिक ५७ रन बनाए भने नितिश राणाले २२ रन बटुले । बलिङतर्फ ट्रेन्ट बोल्टले २ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।

Logo