शिक्षकहरु शिक्षा क्षेत्रको समस्या समाधान गर्न संघीय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।
काठमाडौंको माइतीघर मण्डलामा नेपाल शिक्षक महासंघको अगुवाइमा विभिन्न १४ संघ संगठनले संघीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब सृजना गर्न प्रदर्शन गरेका हुन् ।
संघीय शिक्षा ऐन ल्याउनुपर्ने, न्यून बेतनमा काम गरिरहेका बालकक्षा शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर शिक्षक, कर्मचारी आन्दोलनमा उत्रिएका छन्।
माइतीघरमा शिक्षकसहितको प्रदर्शन भइरहँदा यता सिंहदरवारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संघीय शिक्षा ऐन संसदमा पेस गर्ने बताए । उनले संसदको चालु अधिवेशनमै उक्त ऐन ल्याउने जानकारी दिएका हुन् ।





























प्रतिक्रिया