ए डिभिजन लिगमा आज तीन खेल हुँदै

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

शहिद स्मारक लिग ए डिभिजन फुटबलमा आज तीन खेल हुँदैछन्।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा र च्यासल खेल मैदान, ललितपुरमा एउटा खेल हुनेछ।

च्यासलस्थित खेल मैदानमा मछिन्द्र फुटबल क्लब तथा थ्रि स्टार क्लब बिच पहिलो खेल हुनेछ। सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ। यसैगरी त्रिपुरेश्वरस्थित रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लब बिच पहिलो प्रतिस्पर्धा हुनेछ।

सो खेल पनि ३ बजेवाट सुरु हुनेछ।  उता, साँझ ६ बजेवाट रंगशालामा हुने दोस्रो खेलमा भने एफपी फुटबल क्लब र सातदोवाटो युवा क्लब एक आपसमा आमुने सामुने हुनेछन्। 

Skip This
Skip This
Logo