भुटानी शरणार्थी विरुद्ध आज पनि प्रदर्शन गरिँदै

भुटानी शरणार्थी विरुद्ध आज पनि प्रदर्शन गरिँदै

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आज पनि देशभर प्रदर्शन हुने भएको छ।

सत्तारुढ गठबन्धनमा रहेका दलदेखि प्रतिपक्षी दलसम्मले सडक र सदनमार्फत यस प्रकरणमा खुट्टा नकमाउन सरकारलाई दबाब दिँदै आएका छन् । त्यति मात्र होइन बृहत् नागरिक आन्दोलन तथा विभिन्न संघ-संस्थाले भ्रष्टाचार विरुद्ध हाल विभिन्न अभियान चलाइरहेका छन्।

आज शनिबार पनि संघीय राजधानी काठमाडौँको नक्सालमा प्रदर्शनको तयारी गरिएको छ। देशका अन्य सहरमा पनि भ्रष्टाचारविरुद्ध प्रदर्शनहरू भइरहेका छन्।

 

Logo