प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको कार्ययोजना १० दिनभित्र पेस गर्न निर्देशन दिएका छन्।
उपत्यकाको फोहोर व्यवस्थापनबारे दीर्घकालीन र अल्पकालीन रणनीतिबारे शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवालाबीच भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले १० दिनभित्र कार्ययोजनाको खाका पेस गर्न भनेका हुन्।
कार्ययोजना बनाउन सहरी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा ०७८ फागुनमै १३ सदस्यीय समिति बने पनि अहिलेसम्म उपत्यकाको फोहोर व्यवस्थापनसम्बधी दीर्घकालीन र अल्पकालीन कार्ययोजना पेस हुन सकेको छैन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार समितिले कार्ययोजना पेस गरेपछि आगामी १० दिनपछि फेरि अर्काे बैठक बस्नेछ। शुक्रबारको बैठकले सिसडोल बन्चरेडाँडा क्षेत्रमा रहेको प्रहरी सुरक्षा हटाउने निर्णय पनि गरेको उनले बताए।





























प्रतिक्रिया