लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपीएल)मा सानदार जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा सनराइजर्स हैदरवादमाथि लखनउले ७ विकेटको फराकिलो जित हात पारेको हो ।
हैदरवादले जितका लागि दिएको १८३ रनको लक्ष्य लखनउले १९.२ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गरेको हो । लखनउका लागि प्रेरक मन्कद र निकोलस पुरनको सानदार व्याटिङ रह्यो । प्रेरकले ६४ रनको अर्धशतकीय इनिङ खेले । साथै पुरन १३ बलमा ४४ रन बनाएर अविजित रहे ।
त्यसअघि मार्कुस स्टोइनिसले ४० रन तथा क्विन्टन डिककले २९ रन जोडे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदरवादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । हैदरवादका लागि हेनरिक क्लासिनले ४७ रन जोडे । साथै अब्दुल समदले ३७ रन तथा अन्मोलप्रितले ३६ रन जोडे । कप्तान माक्रम २८ रनमा आउट भए ।
जितसँगै लखनउ १२ खेलमा १३ अंक जोडेर चौथो स्थानमा छ । पराजित हैदरवाद ८ अंकसहित नवौँ स्थानमा छ ।





























प्रतिक्रिया