फुटबल इतिहासमै सर्वाधिक फ्रि-किक गोल गर्ने यी १० खेलाडी [भिडियाेसहित]

फुटबल इतिहासमै सर्वाधिक फ्रि-किक गोल गर्ने यी १० खेलाडी [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

खेलकुद मध्येमा सबैभन्दा लोकप्रिय खेल हो फुटबल। फुटबलमा हार र जितको नतिजा विपक्षीको पोष्टमा गोल गर्नु र विपक्षीलाई आफ्नो पोष्टमा गोल गर्न नदिनुले निर्धारण गर्छ । यस्तोमा फुटबलमा फ्रि-किकबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी को-को छन् त ? 

अर्जेन्टिनी स्टार लियोनल मेस्सी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले जारी सिजन लगातार फ्रि-किकबाट गोल गरिरहेका छन्। अन्य खेलाडीले पनि फ्रि-किकबाट गोल नगरेका त होइनन् तर यी दुई खेलाडीका अघि उनीहरूको गोल संख्या न्युन छ ।

जारी वर्ष मेसी र रोनाल्डो दुबैले राष्ट्र र क्लबका लागि दुई/दुई फ्रि-किक गोल गरिसकेका छन् । उमेरले ३८ वर्षका रोनाल्डो ३५ वर्षे मेसी भन्दा मात्रै २ फ्रि-किक गोलले पछि छन् । २१ वर्ष खेल मैदानमा बिताईसकेका मेसीले ६२ फ्रि-किक गोल गरेका छन् भने रोनाल्डोले ६१ गोल । 

फ्रि-किक मार्फत सबैभन्दा धेरै गोल गर्ने खेलाडीहरुको सुचिमा रोनाल्डो र मेस्सी निकै पछि छन्।

यी २ खेलाडीभन्दा अन्य थुप्रै खेलाडीहरु अग्र स्थानमा रहेका छन्। सबैभन्दा धेरै फ्रि-किक गोल गर्ने सूचीको नवौं स्थानमा मात्रै पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पर्छन्। भने सूचीको आठौँ स्थानमा अर्जेन्टाइन स्टार लियोनल मेसी अटाएका छन् । 

ब्राजिलियन लिजेन्ड जुनिन्हो पर्नाम्बुकानो ७७ फ्रि-किक गोलका साथ अग्रस्थानमा छन् । जादुई ७ औँ नंबरका खेलाडी भनि संसारभर प्रसिद्धी कमाएका जुनिन्होले आफ्नो टोलीका लागि सधैँ उत्कृष्ट प्रदर्शन गरे।

जुनिन्होलाई अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट फ्रि-किक गोल गर्ने खेलाडी हुन्। जुनिन्होलाई नकल–बल प्रहार गर्ने पहिलो खेलाडी पनि भनिन्छ ।

यस्तै सुचिको दोस्रो स्थानमा अर्का ब्राजिलियन लिजेन्ड पेले पर्छन । पेलेले आफ्नो करिअरमा ७० फ्रि-किक गोल गरेका थिए । फुटबलका राजा भनि चिनिने पेलेले सबै गोल सेट पिसबाट गरेका छन् । सुचिको तेस्रो स्थानमा अर्जेन्टाइन लिजेन्ड भिक्टर लेग्रोटाग्ली अटाएका छन् । ७० को दशकमा चम्किएका अर्जेन्टाइन लिजेन्ड लेग्रोटाग्लीलाई शटिक फ्रि-किक गोलका लागि चिनिन्छ । भिक्टरले अर्जेन्टिनाका लागि ओलम्पिक खेलमा १२ गोल गरेका छन् । सोही क्षणलाई स्मरण गर्दै अर्जेन्टिनाले भिक्टरको नाममा स्टेडियम नै बनाइएको छ ।

अर्का ब्राजिलियन स्टार रोनाल्डिन्हो ६६ फ्रि-किकका साथ चौथो स्थानमा अटाएका छन् । जादुई खेलाडीका रुपमा परिचित रोनाल्डिन्होले जुनसुकै स्थानबाट पनि उत्कृष्ट फ्रि–किक गोल गर्न सक्छन् भन्ने विस्वास गरिन्छ । रोनाल्डिन्होले करिअरको सबै ६६ फ्रि-किक गोल सेट पिसबाट गरेका थिए ।

 
यस्तै सूचिको पाँचाैं औँ स्थानमा इङ्ल्याण्डका लिजेन्ड डेविड बेकह्याम छन् । “बेन्ड इट लाइक बेकह्याम” भन्ने वाक्यांश उनैका लागि प्रयोग गरिन्छ ।

बेकह्यामले पनि आफ्नो करियरमा सेट पिसबाट नै कुल ६५ फ्रि–किक गोल गरेका छन् । इङ्ल्यान्डलाई सन् २००२ को फिफा विश्वकपमा पु-याउन उनले गरेको फ्रि-किकलाई अविश्वनिय मानिन्छ । 

सुचिको छैठौँ स्थानमा फुटबलका सर्वकालिन महान अर्जेन्टाइन खेलाडी डिएगो म्याराडोना पर्छन् । म्याराडोनाले आफ्नो करिअरभर सेट पिसबाट ६२ फ्रि-किक गोल गरेका थिए । एक रिपोर्टका अनुसार म्याराडोनाले आफ्नो करियरको करिब २०% गोल फ्री–किकबाट मात्रै गरेका थिए ।

सन् १९८५ मा नापोलीका लागि युभेन्टसविरुद्ध म्याराडोनाले गरेको फ्रि–किक गोललाई ‘डिभाइन फ्रिकिक’ भनेर विश्वले चिन्ने गरेको छ । 

यस्तै सुचिको सातौँ स्थानमा अर्का ब्राजिलियन लिजेन्ड जिको पर्छन । जिकोले पनि  करियरभर ६२ फ्रिकिक गोल गरेका छन् । भनिन्छ जिको आफ्नो शूटिङ कौशलका लागि निकै सटीक थिए । जिकोलाई सन् १९७० देखि १९८० को दशकका उत्कृष्ट खेलाडीहरूमध्ये एक मानिन्छन्। आक्रमणकारी मिडफिल्डरका रुपमा परिचित जिको सो समय ढिला दौडने खेलाडीका रुपमा सु-प्रसिद्ध थिए ।

यस्तै सुचिको ९औँ स्थानमा बार्सिलोनाका पूर्व खेलाडी तथा अहिलेसम्मकै सर्वाधिक गोल गर्ने डिफेन्डरको रूपमा परिचित डच डिफेन्डर रोनाल्ड कोइमन पर्छन् । कोइमनले आफ्नो करिअरको २५% गोल फ्रि-किकबाट गरेका छन् । उनी सबैभन्दा उच्च गोल गर्ने डिफेन्डर पनि हुन् । डच क्लब आयाक्सका लागि सफल करियर बिताएका कोम्यानले आफ्नो करियरभर डिफेन्डर भएपनि २१५ गोल गरेका थिए ।

Skip This
Skip This
Logo