स्वतन्त्र सांसद डा. अमरेश सिंहले नक्कली शरणार्थी प्रकरणमा तीन दलका शीर्ष नेता समेत संलग्न भएको आरोप लगाएका छन् ।
ललितपुरमा आइतवार आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सिंहले यस प्रकरणमा तीन दलका शीर्ष नेताहरु नै संलग्न रहेको आरोप लगाएका हुन् । आफू नै संलग्न भएकाले अहिले दिनहुँ त्यसबाट उम्किने उपायको खोजीमा बैठक हुने गरेको उनको टिप्पणी छ ।
उनले भने, ‘यो घटनामा सञ्चारमाध्यम सजग रहनु पर्छ। यसलाई निरन्तर वाच गरिएन भने कुरो बिग्रिन्छ । अहिले तीन दलका शीर्ष नेताको बैठक नै यसबाट कसरी निस्किने भन्ने उपायको खोजीमा भइरहेको छ । यदि यो घटनामा शीर्ष नेताहरु जोडिए भने नेपालको राजनीतिका लागि टर्निङ पोइन्ट हुन्छ । देश नयाँ नेतृत्वमा जान्छ।’
सांसद सिंहले यसअघि निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको हेडक्वाटर मलेसियामा तत्कालिन प्रधानमन्त्रीका छोरा नै ७५ करोड डिल गर्न पुगेको दाबी छ। तर को प्रधानमन्त्रीको छोरा भन्ने उनले खुलाएनन् । उनले नेपालको लोकतन्त्रसमेत विदेशीको हातमा रहेको टिप्पणी गरे ।





























प्रतिक्रिया