नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले भ्रष्टाचाररूपी अजिंगरले समाजलाई बेरिरहेको बताएका छन्। अनेरास्ववियू र युवासंघको ५९ औँ स्थापना दिवसको शुभकामना दिँदै उनले देशले चौतर्फी संकटको सामना गरेको बताएका हुन्।
‘युवा तथा विद्यार्थीहरू ! तपाईंहरूलाई थाहा छ, हाम्रो देश यतिवेला समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको छ,’ उनले सन्देशमा भनेका छन्, ‘तर देश भने चौतर्फी संकटबाट गुज्रिरहेको छ । भ्रष्टाचाररूपी अजिङ्गले सिंगो समाजलाई शास फेर्न नसक्ने गरी बेरिरहेको छ।’
‘यस्तो अवस्थामा देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवा एकजुट हुनु जरूरी छ र समाजवादतिरको यात्रालाई तीव्र र व्यापक पार्नु जरूरी छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका खनाल सन्देशमार्फत् भन्छन्, ‘तर अझैसम्म देशका कतिपय वामपन्थी शक्तिहरू मुलुकको प्रधान अन्तर्विरोध के हो र मुख्य निशाना के हो भन्ने कुरामा नै अन्योल ग्रस्त र दिशाहीन देखिन्छन्।’





























प्रतिक्रिया