शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न सरकारलाई सांसद सापकोटाको आग्रह

शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न सरकारलाई सांसद सापकोटाको आग्रह

केन्द्रबिन्दु
0
Shares

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयान्तर नगर्न सरकारलाई आग्रह गरेका छन् ।

सोमवार प्रतिनिधिसभाको बैठकमा सांसद सापकोटाले उक्त विषयलाई विषयान्तर गर्नु भ्रष्टाचारलाई मद्दत पुर्याउनु जस्तै हो भन्दै सरकार थप फाईल खोल्ने दिशामा जानुपर्ने बताएका हुन्  ।

उनले भने ‘मानव तस्कर सहितको विषय अगाडि आएको छ । सम्पूर्ण देश केन्द्रित भएर यस विषयमा निष्कर्षमा पुगेर अगाडि जानुपर्छ । यो विषयलाई विषयान्तर गर्नु र यो विषयलाई कमजोर पार्न अर्को विषय उठाउनु भनेको अन्तत भ्रष्टाचारलाई मद्दत पुर्याउनु हो त्यसैले मानव तस्करको थप फाईल खोल्ने दिशामा जानुपर्छ ।’

Logo