नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ ।
अनुसन्धानका लागि हिरासतमा राख्न अदालतको अनुमति लिनुअघि रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालमा उपस्थित गराएको हो। उनी सरकारी वकिलको कार्यालयमा प्रफुल्ल मुद्रा देखिन्थे। आफ्ना समर्थकलाई हात हल्लाउनुको साथै मुस्कुराएर उनले अभिवादनसमेत गरे।
प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको थियो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी प्रहरीले खोजी थालेपछि सोही स्थानबाट सम्पर्कविहीन भएका थिए ।





























प्रतिक्रिया