अस्ट्रेलियामा चिनियाँ विद्यार्थीहरु आफैलाई किन गर्दैछन् अपहरण ?

अस्ट्रेलियामा चिनियाँ विद्यार्थीहरु आफैलाई किन गर्दैछन् अपहरण ?

केन्द्रबिन्दु
0
Shares

अस्ट्रेलियामा बसोबास गर्ने चिनियाँ विद्यार्थीहरुबाट पैसा असुल्न ठगहरुले उनीहरु आफैले आफैलाई अपहरण गर्न बाध्य पारिरहेको खुलेको छ। पछिल्लो एक महिनामा चारवटा यस्ता घटना सार्वजनिक भएका छन् । 

सञ्चारमाध्यमका अनुसार आफूलाई चिनियाँ अधिकारीको रूपमा प्रस्तुत गर्ने ठगहरूले चिनियाँ विद्यार्थीहरूलाई धम्की दिएर आफैलाई अपहरण गर्न बाध्य पारेर लाखौं अष्ट्रेलियाली डलर फिरौतीको रूपमा लिएको बताइएको छ । चिनियाँ विद्यार्थीहरुको उमेर १७ देखि २३ वर्षको बीचमा रहेको बताइएको छ । उनीहरूले हालसम्म चिनियाँहरुसँग सात लाख डलर अर्थात् १० करोडभन्दा बढी रकम असुलिसकेको बताइएको छ । 

यसरी धम्क्याउँछन् 

अपराधीहरूले प्रायः आफू चिनियाँ दूतावास वा पुलिस भएको दाबी गर्छन्। पीडितहरूलाई चीनमा अपराधको आरोप लगाइएको वा तिनीहरूको पहिचान चोरी भएको बताउँछन्। त्यसपछि चिनियाँहरुले पैसा नदिए चीन फिर्ता पठाइदिने धम्की दिन्छन् र पैसाको माग गर्छन् । कतिपय अवस्थामा, पीडित विद्यार्थीहरूलाई आफ्ना साथीभाइ र आफन्तहरूसँग कुनै सम्पर्क नगर्न भनेर आँखामा पट्टी बाँधेर, बन्धक भएको नाटक गर्दै भिडियो खिच्न भन्छन्। त्यसपछि यस्ता भिडियोहरू प्रयोग गरी फिरौतीको रकम माग्ने गरेको बताइएको छ।

Logo