उमा युरोपेली च्याम्पियनसिपमा नेपालका कमल मगरलाई दोहोरो पदक

उमा युरोपेली च्याम्पियनसिपमा नेपालका कमल मगरलाई दोहोरो पदक

केन्द्रबिन्दु
0
Shares

नेपालका कमल मगरले उमा (डब्लुयुएमए) युरोपियन च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् । 

कमलले चाइनिज क्रिएटिभमा स्वर्ण तथा वेपन्स फर्ममा कांस्य जितेको नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईले जानकारी दिएका छन् । 

इङल्यान्डको ग्लोसस्टरमा भएको प्रतियोगितामा कमलले चाइनिज क्रिएटिभमा ८ खेलाडीलाई पछि पार्दै पहिलो स्थान हात पारेका हुन् । वेपन्स फर्ममा कमलसहित ७ खेलाडी सहभागी थिए । 

यसअघि कमलले इङल्यान्डमा भएको उमा विश्व च्याम्पियनसिपमा स्वर्ण, क्रोएसियामा भएको विश्व कपमा स्वर्ण, अस्ट्रियामा भएको विश्व कपमा रजत तथा थाइल्यान्डमा भएको सान्डा बक्सिङमा रजत जितेका थिए । कमलको व्यवस्थापकमा नेपाल उमा कुङफु संघ, कोशी प्रदेशका सदस्य सुरेन राई रहेका छन् ।

नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ कमलले निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर उमा कुङफुसंगै राष्ट्रको गरिमा उच्च बनाउन सफल भएको बधाई दिए ।

Logo