इन्डियन प्रिमियर लिग(आइपीएल)मा गुजरात जायन्ट्सले ओपनर शुभमन गिलको शतकको सहयोगमा सनराईजर्स हैदराबादलाई हराएको छ।
सोमबार राती घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हैदराबादलाई ३४ रनले परजित गर्दै गुजरात प्रतियोगिताको प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ।
गुजरातले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन मात्र बनायो।
गुजरातका लागि मोहिल शर्मा र मोहम्मद सामीले समान ४/४ तथा यश दयालले १ विकेट लिए ।
सामीले ४ ओभरमा २१ रन खर्चिदाँ शर्माले ४ ओभरमा २८ रन खर्चिएका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनायो ।
गुजरातका लागि ओपनर शुभमन गिलले ५८ बलमा १३ चौका र १ छक्काको सहयोगमा १ सय १ रनको शतकीय ईनिङ्स खेले ।आइपीएलमा पहिलो शतक गिलले ५६ बलको सहयोगमा बनाएका थिए ।
सुरुआत राम्रो हुन नसकेको गुजरातले ईनिङ्सको तेस्रो बलमा नै ओपनर ऋद्धिमान शाहलाई गुमाएको थियो । तर, दोस्रो विकेटका लागि ओपनर गिल र साई सुदर्शनले १ सय ४७ रनको शतकीय साझेदारी गरेका थिए ।
सुर्दशनले ३६ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४७ रन बनाए । गुजरातका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । १ सय ४६ मा १ विकेट गुमाएको सहज स्थितिमा रहेको गुजरातले थप ४२ रन बनाउँदा ८ विकेट गुमायो ।
हैदराबादका लागि हेनरिच क्लेसनले ४४ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
हैदराबादका लागि भुवनेश्वर कुमारले ४ ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए । टी नटराजन,फैजल हक फरुकी र मार्को यानसनले समान १/१ विकेट लिए ।
जितसँगै १३ खेलमा नौ जित र चार हारका साथ १० टोली सहभागी लिगमा अठार अंक सहित गुजरात शीर्ष स्थानमा कायमै रहेको छ। हारसँगै प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बनेको हैदराबाद १२ खेलबाट चार जित र ८ हारका साथ नवौँ स्थानमा रहेको छ ।





























प्रतिक्रिया