प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ। समितिका ज्येष्ठ सदस्य राष्ट्रिय जनमोर्चाका सांसद चित्र बहादुर केसीको सभापतित्वमा बैठक सुरु भएको हो ।
प्रतिनिधि सभाको नियमित कामकारबाहीमा सहयोग पुर्याउन तथा सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जबाफदेही बनाउन यो समिति जिम्मेवार मानिन्छ ।
त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक समितिका ज्येष्ठ सदस्य नवल किशोर साह सुडीको सभापतित्वमा बसेको छ । त्यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीको सभापतित्वमा सुरु भएको छ।





























प्रतिक्रिया