रेशम चौधरीको मुद्दामा बहस सकियो, आजै फैसला आउनसक्ने

रेशम चौधरीको मुद्दामा बहस सकियो, आजै फैसला आउनसक्ने

केन्द्रबिन्दु
0
Shares

कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा आज बहस सकिएको छ । 

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको थियो । मंगलवार बहस सकिएसँगै इजलासले आजै फैसला सुनाउने तयारी गरेको छ ।

यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दीपायलले टीकापुर घटनामा चाैधरीसहितका व्यक्तिलाई दोषी ठहर गरेकाे थियाे। चौधरी अहिले डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन्। 

Logo