कर्णालीका मुख्यमन्त्रीद्वारा संघीय सांसदसंग काठमाडौंमा छलफल

कर्णालीका मुख्यमन्त्रीद्वारा संघीय सांसदसंग काठमाडौंमा छलफल

केन्द्रबिन्दु
0
Shares

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले संघीय सांसदहरुसँग प्रदेशको विकासका लागि आवश्यक बजेटबारे छलफल गरेका छन् । 

काठमाडौंमा सदुरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसंगको छलफलमा मुख्यमन्त्री शाहले संघीय सांसदहरुलाई यस पटकको बजेटमा उर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् । 

४४० मेघावाटको बेतन कर्णालीलाई निमार्णका लागि बजेट प्राप्त भए  ६ महिनाभित्र काम सम्पन्न हुने उनको दाबी छ । 

उनले भने, ‘पूर्वाधारका धेरै कुरा भएपनि उर्जाको क्षेत्रको कुरा गर्नुपर्छ । बेतन कर्णाली ४४० मेघावाटको प्रोजेक्ट हो यसको डिपिआर तयार भईसकेको छ । यो प्रोजेक्ट नेपालीहरुको लगानिले बन्छ भन्ने थियो, तर आज त्यो अगाडि बढेको छैन् । हामीले प्रयास गर्ने हो भने अहिले अगाडि बढाउन सक्छौ त्यसमा ५ लाख कर्मचारीको लगानि, विद्युत प्राधिकरण, विद्युत उत्पादन कम्पनि र सबैभन्दा ठूलो लगानी कर्मचारी सञ्चय कोषको रहन्छ ।’ 

मुख्यमन्त्री शाहले सुदुरपश्चिमका सांसदहरु एक ठाँउमा बसेर कुन कनु योजनाका बारेमा बजेट माग्ने भनेर प्रधानमन्त्री र अर्थमन्त्रीसँग संयुक्त रुपमा जानुपर्ने बताए। 

Skip This
Skip This
Logo