रुसी तेल भारतले युरोपमा बेच्यो, अब बन्द गर्नुपर्छः युरोपेली विदेश प्रमुख

रुसी तेल भारतले युरोपमा बेच्यो, अब बन्द गर्नुपर्छः युरोपेली विदेश प्रमुख

केन्द्रबिन्दु
0
Shares

युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले रुसी तेललाई प्रशोधित इन्धनका रूपमा भारतले युरोपमा बिक्री गरेको भन्दै कारबाही गर्नुपर्ने बताएका छन् ।

मंगलबार फाइनान्सियल टाइम्समा प्रकाशित एक लेखमा ‘रुसबाट भारतमा तेलको प्रवाह रोक्न हामीले कदम चाल्नु पर्छ’ भनेका छन् । मस्कोले युक्रेनमा आक्रमण गरेदेखि रूसी तेलको सबैभन्दा ठूलो खरीददारहरू मध्ये एक भारत भएको उल्लेख गर्दै सो उनले सो कदम रोक्नका लागि प्रयास गर्नुपर्ने बताएका छन् । 

‘यदि डिजेल वा पेट्रोल युरोपमा प्रवेश गर्दैछ, भारतबाट रुसी तेल आउँदैछ भने यो निश्चित रूपमा छलछाम हो र युरोपेली सदस्य राष्ट्रहरूले अब नयाँ कदम चाल्नु पर्छ,’ उनले भनेका छन् ।

‘यदि तिनी (भारत)ले बेच्छ हामी (युरोप) कसले किन्दैछ भनेर अब हेर्नुपर्छ,’ उनले अगाडी भनेका छन् । अहिलेसम्म रुसी तेल युरोपमा बेच्ने भारतको काम कारबाही रोक्नका लागि युरोपेली संघले कुनै कदम चालेको छैन। 

Logo