आईपीएलमा मुम्बइमाथि लखनउको रोमाञ्चक जित

आईपीएलमा मुम्बइमाथि लखनउको रोमाञ्चक जित

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले मुम्बइ इन्डियन्समाथि पाँच रनको रोमाञ्चक जित हात पारेको छ।

मंगलबार राति लखनउको घरेलु मैदान कना क्रिकेट स्टेडियममा भएको खेलमा लखउनले दिएको १७८ रनको लक्ष्य पछ्याएको मुम्बइले १७२ रन मात्र बनाउन सक्यो।

लखनउको जितमा मार्कुस स्टोइनिसले सानदार ब्याटिङ गर्दा अन्तिम ओभरमा मोहसिन खानले उत्कृष्ट बलिङ गरे। मुम्बइका लागि ओपनर इशन किसनले ३९ बलमा सर्वाधिक ५९ रन बनाएका थिए।

कप्तान रोहित शर्माले ३७ रन जोड्दा टिम डेविडले अविजित ३२ रन बनाए।मुम्मबइलाई जितका लागि अन्तिम ओभरमा ११ रन आवश्यक थियो र टिम ढेविड र क्यामरुन ग्रीन जस्ता ब्याटर क्रिजमा थिए।

तर लखनउका मोहनसिन खानले अन्तिम ओभरमा कुनै जम्मा ५ रन मात्र दिए। मुम्बइका खेलाडीले अन्तिम ओभरमा कुनै बाउन्ड्री प्रहार गर्न सकेनन्।  लखनउका यश ठाकुर र रवी बिश्नोइले २/२ तथा मोहसिन खानले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले स्टोइनिसको आक्रमक ब्याटिङमा तीन विकेट गुमाएर १७७ रन बनाएको थियो। स्टोनइसले ४७ बल खेल्दै अविजित ८९ रन बनाए। उनले ४ चौका र ८ छक्का प्रहार गरे।

यस्तै रिटार्ट हर्ट हुनुअघि कप्तान क्रुनल पाण्ड्याले ४२ बलमा ४९ रन बनाए। स्टोइनिस र क्रुनल मिलेर चौथो विकेटका लागि ८२ रनको साझेदारी गरे। क्वेन्टन डे ककले १६ रन बनाए । मुम्बइका जासोन बेहरनडोर्फले दुई तथा पियुष चावलाले एक विकेट लिए।

जितपछि १३ खेलबाट १५ अंक जोडेको लखनउ मुम्बइलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ। चेन्नाइको पनि समान १५ अंक भएपनि नेट रनरेटमा लखनउ पछि छ। मुम्बई १५ खेलबाट १४ अंकसहित चौँथो स्थानमा झरेको छ।

मुम्बईलाई पलेअफ पुग्न अब अन्तिम खेल जित्नुपर्ने अवस्था छ ।मुम्बइले अब सनराइजर्स हैदरवादसँग खेल्न बाँकी छ भने लअनउले लिगको अन्तिम खेल कोलकता नाइट राइडर्ससँग खेल्नेछ।

Logo