महिला तथा ज्येष्ठ नागरिककाे समस्या ओझेलमा परेको छः मन्त्री आचार्य

महिला तथा ज्येष्ठ नागरिककाे समस्या ओझेलमा परेको छः मन्त्री आचार्य

केन्द्रबिन्दु
0
Shares

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका महिलाहरु तथा ज्येष्ठ नागरिकहरु समस्या ओझेलमा परेको बताएका छन् । 

बुधबार काठमाडौँमा आयोजित होमोफोबिया, बाईफोबिया र ट्रान्सफोबिया बिरुद्दको अन्तर्राष्ट्रिय दिवस २०२३ को उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा मन्त्री आचार्यले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका आन्दोलन सुरु भईसकेको करिव दुई भन्दा बढी भईसक्दा पनि यो समस्याको समाधान हुन नसकेको बताए । 

उनले भने, ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका आन्दोलन सुरु भइसकेको करिव दु्ई दशक वितिसकेको छ । यद्यपि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका भित्रको ट्रान्सजेण्डर महिलाहरुको समस्या अझै ओझेलमा परेको छ । जेष्ठ नागरिकहरुको समस्या पनि उस्तै छ ।’  

मितिनी नेपालले यस दिनलाई उत्सवको रुपमा मनाउन सातैवटा प्रदेशमा रहेका करिब २०० यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई एउटै स्थानमा ल्याउने र समुदायका व्यक्तिको आठ प्रेरणादायक कथा समेटिएको पुस्तक “सधै संगैः विविधतामा एकता” विमोचन गरेको छ । 

यस पुस्तकमा साझेदार गरिएका कथाहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भित्रको विविध मुद्धाहरुलाई समेटेको छ । समुदाय भित्रको जाति, वर्ग, उमेर, धर्म, वर्ण, लिङ्ग, उत्पत्ति, अपांगता, भौगोलिक अवस्थाको स्थितिलाई पनि कथा मार्फत् सम्बोधन गर्ने प्रयास गरिएको छ । साथै अझै पनि आफ्नो यौनिकता र लैंगिक पहिचानलाई आत्मसाथ गरी बाहिर ल्याउन संघर्ष गरिरहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई प्रेरणा प्रदान गरेको छ । 

Logo