नागरिक उन्मुक्ति पार्टीकाे पदाधिकारी बैठक बस्दै

नागरिक उन्मुक्ति पार्टीकाे पदाधिकारी बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नागरिक उन्मुक्ति पार्टीका पदाधिकारीको बैठक आज बस्दै छ। दिउँसो १ बजे काठमाडौँमै बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएकाे  छ । उक्त बैठकमा सरकारमा रहने/नरहने विषयमा पनि छलफल गरिनेछ।

सरकार छाड्ने/नछाड्ने विषयमा टुंगोमा पुग्न बाँकी रहेने पार्टीले जनाएकाे  छ । 

नागरिक उन्मुक्तिका पदाधिकारीले पार्टीका संस्थापक नेता रेशम चौधरीसित पनि विभिन्न विषयमा कुराकानी गरिरहेका छन् । टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका चौधरीसित आफूहरूको कुराकानी भइरहेको  पार्टीका महासचिव रतन थापाले  बताए ।

Logo