नाै महिनामा अध्ययनका लागि ६७ अर्ब बाहिरियोः प्रधानमन्त्री प्रचण्ड

नाै महिनामा अध्ययनका लागि ६७ अर्ब बाहिरियोः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालु आर्थिक वर्षको नौ महिनामा अध्ययनका लागि देशबाट ६७ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको जानकारी दिएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद् ईश्वरी न्यौपानेले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अध्ययनका लागि देशबाट चालु आर्थिक वर्षको ९ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको जानकारी गराएका हुन् । 

साथै सोहीअवधिमा ९ खर्ब ३ अर्ब ३९ करोड रेमिट्यान्स भित्रिएको उनले जानकारी दिए ।

साथै प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगारी सृजना गर्न सरकारी एवं सार्वजनिक शिक्षा सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।  

Logo