नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य तथा युवा ईन्चार्ज दिलु पन्तले जनतालाई सरकारको उच्च ओदामा बसेकाहरुले नै भेडाबाख्रा जस्तो अनागरिक बनाउने काम गरेको आरोप लगाएकी छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण लगायत सबैखालका भ्रष्टाचारविरूद्ध बिहीबार काठमाडौंको माईतीघरमा आयोजित प्रदर्शनमा पन्तले भुटानी शरणार्थी प्रकरणका दोषीलाई हदैसम्म कारवाही गर्नुपर्ने माग गरिन् ।
उनले भनिन्, ‘बुद्ध र सगरमाथाको देश भनेर चिन्नु पर्ने ठाउँमा देशका नागरिकहरु शासकहरुले बेच्ने देश भनेर चिनिनुपर्ने अवस्था आयो, राज्यको उच्च स्थानमा रहेका नेताहरुले जनतालाई भेडाबाख्रा जस्तो गरेर अनागरिक बनाउने काम गरिरहेका छन् । सरकारमा बसेर संगठित अपराध गरेका छन् ।’
उनले यस्ता अपराधीहरुलाई जनताले नछोड्ने र सरकारले पनि यस्तो कार्यहरुमा जनताको साथ लिएर भएपनि काम गर्नुपर्ने बताइन् ।





























प्रतिक्रिया