अमेरिकी राष्ट्रपति बाइडेनको पपुवा न्यूगिनी भ्रमण रद्द, ब्लिन्केनले प्रतिनिधित्व गर्ने

अमेरिकी राष्ट्रपति बाइडेनको पपुवा न्यूगिनी भ्रमण रद्द, ब्लिन्केनले प्रतिनिधित्व गर्ने

केन्द्रबिन्दु
0
Shares

अमेरिकी ऋण सङ्कटका कारण आगामी हप्ता हुने भनिएको राष्ट्रपति जो बाइडनको भ्रमण रद्द भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पपुवा न्यु गिनीमा अमेरिकाको प्रतिनिधित्व गर्ने भएको हो ।

बाइडेनले पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापेलाई एयर फोर्स वानबाट फोन गरेर रिपब्लिकन प्रतिद्वन्द्वीसँग वार्तामा सामेल हुन आइतबार घर फर्किनुपरेको जानकारी गराएको बिहीबार ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति बाइडेनले प्रशान्त टापुसँगको नयाँ साझेदारीका लागि अमेरिकी प्रतिबद्धतालाई निरन्तरता दिँदै विदेशमन्त्री ब्लिन्केनले पोर्ट मोरेस्बीमा हुने युएस प्यासिफिक आइल्यान्ड्स फोरमको बैठकमा आफ्नो प्रतिनिधित्व गर्ने जानकारी गराउनुभएको छ ।”

बाइडेनको यो भ्रमण सोमबारका लागि तय गरिएको थियो । बाइडेन प्रशासनले बढ्दो चीनको सामना गर्दै प्रशान्त महासागरमा आफ्नो नेतृत्वलाई पुनर्जीवित गर्न कडा प्रयास गरिरहेको छ । 

बाइडेनको एसिया-प्रशान्त यात्रा राष्ट्रिय ऋणको सीमा बढाउने वा जोखिम नतिर्ने अधिकार काङ्ग्रेसलाई दिने विषयमा रिपब्लिकनसँग भएको तनावपूर्ण वार्ताका कारण अवरुद्ध भएको हो ।

बाइडेनले अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाको क्वाड क्षेत्रीय समूहका अन्य नेताहरूसँग अष्ट्रेलियामा हुने भनिएको बैठकपनि रद्द गरेका छन् ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले प्रशान्त टापु फोरमसँगको दोस्रो अमेरिकी शिखर सम्मेलनका लागि यस वर्षको अन्त्यमा प्रधानमन्त्री र अन्य प्रशान्त क्षेत्रका नेताहरूलाई वासिङ्टन डीसीमा निमन्त्रणा पनि गरेका छन् । -एएफपी

Logo