ए डिभिजन लिगमा आज तीन खेल हुँदै

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन्। लिगको दोस्रो लेग अन्तर्गत शुक्रबार तीन खेलहरु हुँदैछन्।  जसमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। खुमलटार र आर्मीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाईटेड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ। यस्तै एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र एपीएफ क्लबबीच खेल हुनेछ । हिमालयन र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

Skip This
Skip This
Logo