राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् ।
सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न बिना तामझाम सङ्घीय संसद भवन बानेश्वर जाने भएका हुन्। राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरलेका अनुसार राष्ट्रपति पौडेलले कुनै तामझाम नगर्न निर्देशन दिएका छन्।
सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका उनको भनाइ छ। ‘सडक खाली गराएर तामझाम हुँदैन । पुरानो परम्परा पुरै नमास्ने भनिरहेको छ। त्यसका लागि संसद् पुग्ने बेलामा हुन्छ। राष्ट्रपति निवासबाट तामझाम हुँदैन,’ उनले भने।





























प्रतिक्रिया