नक्कली भुटानी शरणार्थी अनुसन्धानमा अमेरिकाले चासो राख्नु स्वभाविक हो: प्रधानमन्त्री प्रचण्ड

नक्कली भुटानी शरणार्थी अनुसन्धानमा अमेरिकाले चासो राख्नु स्वभाविक हो: प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा अन्तराष्ट्रिय शक्तिको हात नभएको बताएका छन्। 

कान्तिपुर मिडिया ग्रुपले शनिवार आयोजना गरेको ‘हाफ म्याराथन’ कार्यक्रमको अन्तक्रिर्यामा उनले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान नेपाल सरकार र नेपाल प्रहरीकै सक्रियतामा अघि बढेको बताए।

उनले भने,‘नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा अन्तराष्ट्रिय शक्तिको कुनै भूमिका छैन । यो नेपाल सरकार र नेपाल प्रहरीकै सक्रियता, क्षमता र पहलकमदी कारण अघि बढेको हो।’

अन्तक्रिर्यामा प्रधानमन्त्री दाहालले भुटानी शरणार्थी मामला अन्तराष्ट्रिय बिषय भएको हुँदा नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा उनीहरुको चासो हुन स्वभाविक रहेको बताए। अधिकांश भुटानी शरणार्थी अमेरिकाले लगेको हुँदा यस प्रकरणमा अमेरिकाले चासो राख्नु अन्यथा नभएको उनको भनाई छ। 

उनले भने,‘भुटानी शरणार्थी मामिला अन्तराष्ट्रिय चासोको बिषय हो। यही सन्दर्भमा नक्क्ली भुटानी शरणार्थी प्रकरण अनुसन्धान भइरहेको छ। यसमा अन्तराष्ट्रिय संघसंस्थाको चासो हुनु स्वभाविक नै हो। यसमा पनि सबैभन्दा धेरै भुटानी शरणार्थी अमेरिकाले लगेको छ। अनुसन्धान उसले चासो राख्ने बिषय अन्यथा होइन।’

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्ने पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई रहेका छन्। 

त्यस्तै, सन्दीप भण्डारी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी, गोविन्द चौधरीलाई पनि प्रहरीले धन्दामा संलग्न रहेको अभियोगमा पक्राउ गरेको छ । पक्राउ पुर्जी जारी भएका प्रतीक थापा र नीरज राई भने अहिले फरार छन्। 

उनीहरु विरुद्ध प्रहरीले अहिले संगठित अपराध र ठगि मुद्या अन्तर्गत अनुसन्धान गरिरहेको छ। उनीहरु विरुद्ध राज्य विरुद्धको अपराध कसूर पनि लगाउने तयारी प्रहरीको छ। प्रहरीले धन्दामा संलग्न रहेको अभियोगमा गत १२ चैतमा दुलाल र भणडरीलाई पक्राउ गरेको थियो। त्यसपछि   घटनामा जोडिएका हाईप्रोफाइल धमाधम पक्राउ परेका हुन् ।

Logo