टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक

टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक टोकियो ओलम्पिकले शुक्रबार जुलाई २३ देखि अगस्ट ८ सम्म हुने खेलकुदको कुम्भमेलाको खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिका अनुसार विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ ।

औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ । कोरोना भाइरसको कारण एक वर्ष सरेको ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । टोकियोको विभिन्न ४२ स्थानमा प्रतिस्पर्धा हुनेछ ।

यस अघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि ओलम्पिक प्रतियोगिता एक वर्ष सारिएको हो ।

Logo