कोलकत्ता नाईट राईडर्समाथि रोमान्चक जित दर्ता गर्दै लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग(आइपीएल)को शीर्ष चारमा रहदै प्लेअफमा स्थान पक्का गरेको छ । कोलकत्ताको घरेलु मैदान इडन ग्रार्डेनमा लखनउले १ रनको रोमान्चक जित दर्ता गरेको हो ।
लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन मात्र बनायो ।
कोलकत्ताका लागि रिंकु सिहले ३३ बलमा ६ चौका र ४ छक्काको सहयोगमा अविजित ६७ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् ।
सुरुआत राम्रो रहेको कोलकत्ताका लागि ओपनरद्वय जेसन रोय र वेंकटेस अय्यरले ३५ बलमा ६१ रनको सानदार साझेदारी दिलाएका थिए। रोयले २८ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए। अय्यरले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन बनाए।
चौँथो नम्बरमा ब्याटिङमा आएका रहमानउल्लाह गुर्बाजले १५ बलमा १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। लखनउका लागि रवि विश्नोई र यश ठाकुरले समान २/२ तथा कप्तान कुर्नाल पान्ड्या र कृष्णपा गौथमले समान १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । जितसँगै १४ खेलमा ८ जित र ५ हार सहित १७ अंक जोडेको लखनउले तेस्रो स्थानमा रहँदै प्लेअफ यात्रा पक्का गरेको छ।





























प्रतिक्रिया