सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (आइतबार) तीन खेलहरु हुँदैछन्। लिगको दोस्रो लेगको सातौं चरण अन्तर्गत आइतबार तीन खेलहरु हुनेछन्। जसमा दुई दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। एपीएफ र मनाङबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
दशरथ रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । यस्तै च्यासल मैदानमा न्युरोड टिम एनआरटी र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। एनआरटी र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।





























प्रतिक्रिया