राप्रपाको कार्य सम्पादन समितिको बैठक आज बस्दै

राप्रपाको कार्य सम्पादन समितिको बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ। कार्यसम्पादन समितिको बैठक पुतलीसडकस्थित बज्र कम्प्लेक्समा आज दिउँसो १:३० बजे बस्नेछ ।
 
जेष्ठ ९ र १० गते काठमाडौँमा बस्ने केन्द्रिय समितिको बैठकको तयारी सन्दर्भमा आज बैठक बस्न लागेको हो। केन्द्रिय समितिमा पार्टी अध्यक्ष कमल थापाबाट प्रस्तुत हुने राजनीतिक कार्यपत्र , महामन्त्रीहरु भाष्कर भद्रा,सुशील श्रेष्ठ ,राजाराम बर्तौला र केशबराज श्रेष्ठबाट प्रस्तुत हुने सचिवालय ,प्रशिक्षण ,संगठन र स्मार्ट पार्टी निर्माण सम्बन्धि प्रतिबेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीबाट प्रस्तुत हुने आर्थिक प्रतिबेदन माथी आजको कार्य सम्पादन समितिमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

Logo