परराट्रमन्त्री नारायणप्रसाद (एनपी)साउदले ठूलो संख्यामा नेपाली विद्यार्थी रोजगारीकै लागि विदेशिनु पर्ने अवस्थाको अत्य गर्न नेपाली शैक्षिक प्रणालीमा व्यापक तर,सघन रुपान्तरणको आवश्यकता रहेको बताएका छन् ।
लाखौं विद्यार्थी सर्टिफिकेट बोकेर विदेशिनु पर्ने बाध्यता भएको बताउँदै उनले यसकाे अन्त्य आवश्यक भएको बताए ।
बानेश्वर बहुमखी क्याम्पसको ३२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा बाेल्दै मन्त्री साउदले नेपाली शैक्षिक प्रणालीमा बजारमा रोजगारी सृजना गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने खालको शैक्षिक रुपान्तरणको तत्काल आवश्यक रहेको पनि प्रष्ट पारे ।
‘म युवा भाईबहिनीलाई आग्रह गर्छु, शैक्षिक प्रमाणपत्र बोकेर रोजगारी खोज्ने बेला यो होइन् । शिक्षामा व्यापक र सघन रुपान्तरण गरेर बजारमा रोजगारी सृजना गर्न सक्ने क्षमताको विकास गर्नु अहिलेको शिक्षाको आवश्यकता हो ।’ उनले भने ।

गत चैत महिनामा मात्रै १ लाख ४१ हजार बढी विद्यार्थीको पासवर्ड बनेको तथ्यांक उल्लेख गरेका उनले उक्त पासवर्डको संख्याले बेन ड्रेनको संकेत दिएको बताए । त्यसलाई नेपालमै रोजगारी सृजना गरि रोक्नुपर्ने उनको जोड थियो ।
मन्त्री साउदले शैक्षिक रुपान्तरणको आवश्यकतालाई ध्यानमा राखेर सरकारले उच्च शिक्षा आयोग गठन गर्ने जानकारी दिए । उनले नेपालको शिक्षा नीतिमा व्यापक परिवर्तन सहित समयानुकूल बनाउने अठोट लिएको भन्दै यो लक्ष्य पूरा गर्न सरकारले छिटो काम गर्ने अपेक्षा व्यक्त गरे ।





























प्रतिक्रिया