सांसद नेपालीकाे प्रश्न- यो देशको सरकार विचौलियाले चलाउँछ कि राजनीतिक नेतृत्वले?

सांसद नेपालीकाे प्रश्न- यो देशको सरकार विचौलियाले चलाउँछ कि राजनीतिक नेतृत्वले?

केन्द्रबिन्दु
0
Shares

सांसद अनिता नेपालीले सरकारको निर्णयसमेत विचौलियाले प्रभावित गरिदिएको भन्दै देशको सरकारले कसले चलाउँछ भन्दै प्रश्न उठाएकी छन्।

राप्रपा सांसद नेपालीले संसद्को शून्य समयमा सरकारले ०७१ सालदेखि चारपटक उखु किसानको भुक्तानी दिने निर्णय गरेपनि किसानको भने अनुदानको पैसासमेत विचौलियाले खाइदिएको बताइन् । 

“यो देशको सरकार विचौलियाले चलाउँछ कि कसले चलाउँछ ? यदि विचौलियाले चलाउँदैनन् भने सरकारले उखु किसानका विषयमा गरेका निर्णय किन लागु हुँदैन?,” सांसद नेपालीले प्रश्न गरिन्, “किसानका लागि सरकारबाट जाने अनुदान समेत विचौलियाले खाइदिएका छन् । के विचौलियासामु निरीह छ हाम्रो सरकार ?”

Logo