सांसद ईश्वरी घर्तीले रोल्पाका हरिबहादुर बुढामगरलाई सरकारले विमानस्थलमा नै पुगेर सम्मान गर्नुपर्ने माग गरेकी छन् ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले भनिन्, ‘दुवै खुट्टा गुमाए पनि सगरमाथाको सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगर भोलि काठमाडौं फर्किंदै हुनुहुन्छ । सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्छ ।’
रोल्पाको थवाङ गाउँपालिका–३ मिरुल निवासी बुढामगर यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । ब्रिटिश गोरखा सैनिकमा कार्यरत रहँदा उनले अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए । उनका घुँडादेखि तल दुवै खुट्टा छैनन् ।





























प्रतिक्रिया