अनुसन्धान प्रतिवेदन आज बुझाइँदै

अनुसन्धान प्रतिवेदन आज बुझाइँदै

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरु माथीकाे अनुसन्धान प्रतिवेदन आज बुझाइँदैछ। जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेकामाथी गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागिएको हो। 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको छ।

सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिनादेखी जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ। हिजै बुझाउने भनिए पनि कागजात अपुग भएपछि आज बुझाउन लागिएको हो। 

Logo