जिल्लाको एक मात्र छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले कुनै पनि औपचारिक कार्यक्रम गर्दा पाहुनाले ल्याउने खादा नलगाउने बताएका छन्।
छायानाथ रारा नगरपालिकाकाले पहिलो पटक नागरिक र सरोकारवालाबिच सार्वजनिक सुनुवाई कार्यक्रम गरेका मेयर भामले खादा नलगाउने जनाएका हुन्।
निर्वाचित भएको एक वर्षसम्म आफूले कुनै पनि सेवा सुविधा नलिएको र आगामी दिनहरुमा सामान्य खादा पनि नलगाउने र प्रशोधित मिनिरल वाटर पानी पनि नखाने बताए। अहिले पनि नगरपालिका आउने चैन धारोबाट पानी ल्याएर प्यास मेटाई रहेको उनले जानकारी दिए।
आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर प्रमुख भामले निर्वाचनताका नागरिक सामु गरेका बचनलाई आत्मसाथ गर्दे सानो रकम मौज्दात रहेपनि गरिब दुखीलाई केही राहत पुग्ने हेतुले सामान्य खादा, मिनरल वाटर प्रयोग नगरेको र भावी कार्यक्रमलाई सार्थकता पार्न आफूले ५ वर्ष सम्म पाउने सेवा सुविधाबाट एम्बुलेन्स किन्ने याेजना पनि मेयर भामले जनाएका छन्।
नगर प्रमुख भामले नगरपालिकाबाट मोबाइल खर्च, क्वार्टर, रासन खर्च पनि नलिएको बताए। सार्वजानिक कार्यक्रममा नागरिकले विभिन्न सुझाव राखेका थिए। नगर प्रमुख भामले हरेक हप्ता गर्ने आफ्नाे दैनिकी कार्य तालिका सार्बजनिक गरेका छन्।
उनले आइतबार, सोमबार, बुधबार र बिहिबार कार्यालयमा रहने मंगलबार अनुगमन र शुक्रबार श्रमदान र सरसफाईमा रहने तालिका सार्वजनिक गरेका हुन्।





























प्रतिक्रिया