नेकपा एमालेका सांसद ठाकुर गैरेले पाल्पामा भएको विजुलीको समस्याप्रति ध्यानाकर्षण गराउँदै विजुली व्यवस्थापनको माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पाल्पामा विद्युत आपुर्ती नहुँदा सरकारी काम, विकास निमार्णका काम अवरुद्ध भएको र शिक्षा स्वास्थ्यमा समेत निकै समस्या आएको भन्दै उक्त समस्या समाधानको माग गरेका छन्।
उनले भने,‘पाल्पामा विजुली आपुर्ती नहुँदा खाने पानीको समस्या भयो। सरकारी कार्यालयमा नागरिकता बनाउनेदेखि पासपोर्ट सिफारिस गर्ने कामसम्म रोकिए,विकास निमार्णका कामहरु अवरुद्ध भए, शिक्षा र स्वास्थ्य सेवाका काम पनि रोकिए,त्यसो हुँदा विजुलीको व्यवस्था गर्न माग गर्दछु।’





























प्रतिक्रिया